नेपालमा कोभिड–१९ संक्रमितहरुको सङ्ख्या १४०१, आज १८९ जनामा संक्रमण, २१९ निको भए

0


प्रेम क्षेत्री
जेठ १७, गैंडाकोट । आज १ सय ८९ जनामा पुष्टी भएसँगै नेपालमा कोभिड–१९ का पुष्टी भएका संक्रमितहरुको सङ्ख्या १ हजार ४ सय १ पुगेको छ ।
देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा आज १ सय ८९ जनामा पुष्टी भएसँगै संक्रमितहरुको सङ्ख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
प्रदेश १ का ९ वटा जिल्लामा १६० जना, प्रदेश २ का ८ वटा जिल्लामा ५४७ जना, बागमती प्रदेशका १२ जिल्लामा ४५ जना, गण्डकी प्रदेशका ५ जिल्लामा २० जना, प्रदेश ५ का ९ जिल्लामा ५४७ जना, कर्णाली प्रदेशका ३ वटा जिल्लामा ६१ जना र सुदुरपश्चिम प्रदेशका ७ वटा जिल्लामा २१ जनामा संक्रमण देखिएको छ ।
आज थप केही नयाँ जिल्लामा संक्रमित भेटिएका छन् । हालसम्म ५३ जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएकाहरुको सङ्ख्या २१९ रहेको छ । जसमध्ये १७२ पुरुष र ४७ महिला रहेका छन् । अस्पतालको औषत बसाई १६ दिनको रहेको छ ।
हालसम्म मृत्यु हुनेको सङ्ख्या ६ रहेको उहाँले पुष्टी गर्नुभयो । अन्य विभिन्न समाचार आए पनि यसबारे थप परिक्षण भईरहेको उहाँको भनाई छ ।
आज अपरान्ह सम्म पिसिआर विधिबाट ६६ हजार ७ सय २९ र आरडिटि विधिबाट १ लाख ७ हजार ५५ वटा परिक्षण भएका छन् । अहिले पनि १ लाख १० हजार ७८ जना देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा रहेका छन् ।
नेपालमा संक्रमण रोक्न सरकारले गरेको लकडाउन जारी छ । आज लकडाउन ६८ औं दिनमा पुगेको छ ।

Share.

Leave A Reply