गैडाकोट २ एसपीएम टोलमा झुण्डिएर १८ वर्षीय युवतीद्धारा आत्महत्या

0

१६ जेठ । गैडाकोट नगरपालिका वडानम्वर २ एसपीएम टोलमा सुनीता देवी शाहको घरमा डेरागरी वस्ने एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । सिन्धुपाल्चोक माइत भई धनगढी विवाह गरेकी १८ वर्षीय नविना गिरीले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ । उनी कोठा भाडामा वस्दै आएकी थिइन् । धनगढी उप महानगरपालिका वडानम्वर ७ वेल्ली घर भएका श्रीमान् भुल्लुराम चौधरीकी कान्छी श्रीमतीको रुपमा विवाह गरेर आएकी उनी आज साँझ पख कोठामा रहेको फलामको डण्डीमा पासो लगाई झुण्डिएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो । कारण के हो भन्ने वारे अनुसन्धान भइरहेको उहाले बताउनुभयो ।

Share.

Leave A Reply