‘दिदिको महिनावारी’ सर्ट मुभी निर्माण हुने

0

१६ जेठ । डीटीएम मिडिया हाउस प्रा.लि र एउटा अनलाइन टि.भि. को सहकार्यमा सम्पुर्ण नारिहरुमा समर्पित सर्ट मुभी “दिदिको महिनावारी“ निर्माण हुने भएको छ ।
हिजो मे २८ को महिनावारी स्वच्छता दिवशको अबसरमा फिल्मका लेखक र निर्देशक अर्जुन कंडेलले आफ्नो फेसबुक पेजमा अफिसिएल पोस्टर र एक स्टाटस सहित फिल्मको औपचारिक घोषणा गर्नुभएको हो ।

किस्मत पौडेलको परिकल्पना मा तयार पारिने यो सर्ट मुभिले गाउघरमा रहेका दिदिबहिनी हरुको यथार्थ अबस्थाको बारेमा चित्रण गर्ने निर्माण पक्षले जनाएको छ । यो सर्ट मुभीलाइ सतिस राइले छायांकन गर्ने र दिपेन्द्र थापा मगरले सम्पादन गर्ने बताइएको छ ।

अहिले यो फिल्मको पात्र तथा लोकेसन छनोटको कार्य चलिरहेको छ ।

Share.

Leave A Reply