दुवै सदनमा आव २०७७/७८ बजेट टेबुल   

0

   

 काठमाडौँ, १५ जेठ (रासस) ः
काठमाडौँ, १५ जेठ (रासस) ः प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा उहाँले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नुभएको हो । बैठकमा अर्थमन्त्री डा खतिवडाले ‘आर्थिक विधेयक, २०७७’ पेश गर्नुभयो ।

संसद्मा आज प्रस्तुत बजेटमाथि छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १८ र १९ गतेको समय तोक्नुभएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १८ गते बिहान ११ बजे बस्नेछ ।

यसैगरी राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति टेबुल गर्नुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा उहाँले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमान बजेट टेबुल गर्नुभएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले आज प्रस्तुत बजेटमाथि छलफलका लागि यही जेठ १८ र १९ गतेको समय तोक्नुभएको छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १८ गते ११ः३० बजे बस्नेछ ।

Share.

Leave A Reply