एसपिएम कलेजलाई क्वारेन्टिन बनाइने

0

गोविन्द रिमाल, १५ जेठ, गैँडाकोट । विहिबार साँझ एसपिएम कलेजमा बसेको भेलाले वर्तमान समयमा देखिएको कोरोना महामारी (कोभिड—१९) को संक्रमणलाई न्युनीकरण गर्न तथा भारत लगायत विभिन्न स्थलबाट आएका नागरिकहरुलाई सुरक्षित तरिकाले राख्न कलेजले सहयोग गर्ने भएको छ ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा बसेको भेलाले गैँडाकोट नगरपालिकाको अनुरोधलाई सहर्ष स्वीकार गरी कलेज भवन उपलब्ध गराइएको जानकारी दिनुभयो ।

भेलामा गैँडाकोट वडा नं २ का वडाध्यक्ष एवम् नगरस्तरीय क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य धु्रवराम पौडेलले अन्य स्थानमा पनि क्वारेन्टिन निर्माणको प्रकृया अगाडि बढाइने बताउनु भयो । उहाँले हालसम्म गैँडाकोटमा ६ ठाउँमा क्वारेन्टिन निर्माण गरिसकेको र करिब ६० जनालाई राखिएको जसमध्ये १० जनालाई घर पठाइसकेको जानकारी दिनुभयो । भेलामा गैँडाकोट वडा नं २ का स्थानीय बुद्धिजीवी, टोल सुधार समिति र आमा समूहका प्रतिनिधि, प्राध्यापक एवम् कलेजका प्राचार्य दिपेन्द्र पौडेल, लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाको क्वारेन्टिन निर्माण कार्यक्रम अन्तर्गत नै एसपिएम कलेजमा क्वारेन्टिनको व्यवस्थापन गर्नको लागि गैँडाकोट वडा नं २ का वडा सदस्य यदुनाथ सापकोटाको संयोजकत्वमा क्वारेन्टिन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

सो समितिका सदस्यहरुमा प्रजापति सापकोटा, रोशन सापकोटा, काशीराम अर्याल, मीरा रेग्मी न्यौपाने, गोविन्द लामिछाने, माधवप्रसाद सिग्देल, मिना केसी, गीता घिमिरे रहनु भएको छ । गठित समितिले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने जानकारी संयोजक यदुनाथ सापकोटाले दिनुभयो ।

Share.

Leave A Reply