कभर्डहल क्वारेन्टीनमा रहेका ११ जनालाई घर पठार्ईयो, गैंडाकोटमा आज १० थपिए

0

प्रेम क्षेत्री, जेठ १५, गैंडाकोट ।
गैंडाकोट मुकुन्दपुरको कभर्डहल क्वारेन्टीनमा रहेका ११ जनालाई आज घर पठार्ईएको छ ।

उनिहरु १४ दिनदेखी क्वारेन्टीनमा थिए । उनिहरु सबैको पिसिआर परिक्षण पछि घर पठाईएको गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

घर पठाईएकाहरुलाई एक हप्ता एकान्तबासमा नै बस्ने गरि मञ्जुरीपत्र समेत गरि पठाईएको उहाँले बताउनुभयो । सोही क्वारेन्टीनमा रहेका १ जनालाई भने जनशक्ति आधारभुत विद्यालय वेल्डियामा सिफ्ट गरिएको छ । कभर्डहल अहिले खाली छ ।

यसैबीच गैंडाकोटमा आज बाहिरबाट आएका १० जनालाई विभिन्न स्थानमा क्वारेन्टीनमा राखिएको छ ।

२ महिला ८ पुरुष आज भारतबाट आएका हुन् । उनिहरु मध्ये ६ पुरुष र २ महिला गरि ८ जनालाई लक्ष्मी मावी अमरापुरीमा राखिएको छ भने गैंडाकोट १ मा रहेको नेराश आर्दश मावीमा २ जनालाई पठाईएको छ ।

गैंडाकोट नगरभरि क्वारेन्टीनमा रहेको हालको सङ्ख्या ३१ रहेको छ । २ महिला, ३ वर्षको बच्चा सहित २८ जना पुरुष रहेका छन् ।

यसैबीच गैंडाकोटका कोही व्यक्ति सुनौली नाकामा आएको भए खबर गर्न गैंडाकोट नगरपालिकाले आग्रह गरेको छ । सम्बन्धीत वडाका वडा अध्यक्षलाई सम्पर्क गर्न आग्रह गर्दै गैैंडाकोटदेखी सुनौलीसम्म सवारी साधन लिएर लिन जाने व्यवस्था गरिएको छ ।

Share.

Leave A Reply