नेपालमा कोभिड–१९ संक्रमितहरुको सङ्ख्या १०४२, आज १५६ जनामा संक्रमण, ५१ जिल्लामा संक्रमण, ५ जनाको मृत्यु, १८७ निको भए (जिल्लाको विवरण सहित)

0


प्रेम क्षेत्री
जेठ १५, गैंडाकोट । आज १ सय ५६ जनामा संक्रमण देखिएसँगै नेपालमा कोभिड–१९ का पुष्टी भएका संक्रमितहरुको सङ्ख्या १ हजार ४२ पुगेको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा आज १ सय ५६ जनामा संक्रमण देखिएको होे । संक्रमित १ हजार ४२ मध्ये पुरुष ९ सय ४० जना र महिला १ सय २ जनामा यसको संक्रमण देखिएको हो ।

बिहान भरतपुरमा गरिएको परिक्षणमा नवलपुरका १ जना पुरुषमा संक्रमण देखिएको हो ।

आज थप केही नयाँ जिल्लामा संक्रमित भेटिएका छन् । ५१ जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

प्रदेश १ का ८ वटा जिल्लामा १२९ जना, प्रदेश २ का ८ वटा जिल्लामा ४१५ जना, बागमती प्रदेशका १२ जिल्लामा ४४ जना, गण्डकी प्रदेशका ४ जिल्लामा १७ जना, प्रदेश ५ का ९ जिल्लामा ३६९ जना, कर्णाली प्रदेशका ३ वटा जिल्लामा ४७ जना र सुदुरपश्चिम प्रदेशका ७ वटा जिल्लामा २१ जनामा संक्रमण देखिएको छ ।

४३ जना महिला र १४४ पुरुष गरि हालसम्म १८७ जना निको भई घर फर्किएका छन् ।

मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।

आज दिउँसो सम्म पिसिआर विधिबाट ६० हजार ६ सय ९६ र आरडिटि विधिबाट १ लाख २ हजार ३४ वटा परिक्षण भएका छन् ।

अहिले पनि ८६ हजार ५७ जना देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा रहेका छन् ।

नेपालमा संक्रमण रोक्न सरकारले गरेको लकडाउन जारी छ । आज लकडाउन ६६ औं दिनमा पुगेको छ ।

Share.

Leave A Reply