भेडाबारी वन क्षेत्रमा तारबार गरिदैं, मानव र वन्यजन्तुबीचको द्वन्द्व कम हुने विश्वास

0


प्रेम क्षेत्री
जेठ १५, गैंडाकोट । भेडाबारी सामुदायिक वन उपभोक्ता समुहले वनको संरक्षणका लागि तारबार लगाउन शुरु गरेको छ ।

गत वर्ष जस्तै यो वर्ष पनि अतिक्रमण हुन सक्ने सम्भावित क्षेत्रमा मेस जाली सहित तारबार गर्ने काम जारी रहेको वनका अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो । अतिक्रमण क्षेत्र तथा अतिक्रमण हुन सक्ने क्षेत्रहरुमा तारबार गर्ने वार्षिक नीति अनुरुप तारबार कार्यलाई निरन्तरता दिईएको उहाँले जानकारी दिनुभयो ।

यसले अवैध रुपमा मानव वनमा प्रवेश गर्न नपाउने र हुन सक्ने चोरी नियन्त्रणमा सहयोग पुग्ने वनका सचिव पार्वती आचार्यले बताउनुभयो । वनबाट जंगली जनावर मानववस्तीमा प्रवेश गर्न रोक्ने समेत उहाँले बताउनुभयो । जसले गर्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व कम हुने उहाँको विश्वास छ । समितिको बैठकले गतवर्ष वनको सिमानामा तारबार गर्ने निर्णय गरेको थियो । सो अनुरुप यसअघि करिब ५ सय मिटर तारबार गरिएको थियो भने यसपटक ६ सय मिटर तारबार गर्न लागिएको सचिव आचार्यले बताउनुभयो । करिब ८ लाखको अनुमान गरिएको छ ।

भेडावारी सामुदायिक वनलाई दिगो बैज्ञानिक वन व्यवस्थापनको अवधारणा अनुसार वन कार्यालयको प्राविधिक सहयोगमा सम्पूर्ण कामहरु सम्पन्न गरि दिगो बैज्ञानिक वन व्यवस्थापन कार्य योजना तयार गरेर सोही अनुसार वन संरक्षण, सम्वद्र्धन र सदुपयोग कार्य गर्दै आईरहेको वनका कार्यालय सचिव तिलक कंडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply