गण्डकी प्रदेशमा आज ४ संक्रमित थपिए, १ जना नवलपुरको देवचुलीका

0


माया कंडेल
जेठ १५, गैंडाकोट
आज ४ संक्रमित पृष्टि संगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमीतको संख्या १६ पुगेको छ । आज बिहिबार स्याङ्जामा ३ जना र नवलपुरको देवचुलीमा १ जनामा संक्रमण देखिएसंगै १६ जना पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्मा जानकारी दिनुभएको छ । उहाँले नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्ला, देबचुली नगरपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको बताउदै भरतपुर स्थित कोरोना अस्पतालमा लागिएको जानकारी दिनुभयो ।
यस्तै स्याङ्जा जिल्ला वालिङ ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला समेत गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने बताउनुभयो ।
यसैबिच बागलुङमा हिजो मात्रै ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Share.

Leave A Reply