नवलपुरको देवचुली १ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी

0

डोलराज रानाभाट, १५ जेठ । नवलपुर जिल्लामा फेरि एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गैडाकोट नगरपालिकामा गत मंगलवार संकलन गरिएको २७ स्वाव मध्ये एक जनामा कोरोना भाइरस पुष्टी भएको उच्च स्रोतले जनाएको छ ।

यद्यपी मन्त्रालयबाट आधारिकता दिन वाँकी रहेको छ । २७ जनाको स्वाव मध्ये ६ जना देवचुलीका रहेका थिए । अहिले संक्रमण पुष्टी भएका व्यक्ति देवचुली नगरपालिका वडानम्वर १ का १९ वर्षीय पुरुष रहनु भएको छ । उहाँलाई अहिले भरतपुर कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ । उहाँ जेठ १० गते राति देवचुली आइपुग्नुभएको थियो । भारतबाट आउनुभएको उहाँको गैडाकोटको पितौजीमा स्वाव संकलन गरिएको थियो । थप विवरण आउन वाँकी रहेको छ ।

Share.

Leave A Reply