प्रतापपुर ९ बेलाटारीमा श्रीमान्को हत्या आरोपमा श्रीमती पक्राउ

0

१४ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बेलाटारीमा श्रीमान्को हत्या आरोपमा श्रीमतीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा ३६ वर्षकी पार्वती देवी चौधरी रहेकी छिन् ।

उनलाई ३७ वर्षका श्रीमान् धर्मराज मुखिया चौधरीको हत्या आरोपमा पक्राउ गरिएको हो ।

हिजो आफ्नै घरको कोठमा भित्र घाँटीमा निल डाम, टाउकोमा चोट र दुवै हातको नाडी काटिएको अवस्थामा मृत फेला परेको र लाशको प्रकृति तथा घटना स्थल हेर्दा मृत्यु संकाष्पद देखिएको भन्दै अनुसन्धानका लागि श्रीमतीलाई पक्राउ गरिएको हो ।

अनुसन्धान जारी रहेको थापाले बताउनुभयो ।

Share.

Leave A Reply