गैंडाकोट ९ मा ज्येष्ठ नागरिक गैंडाकोट इकाई समिति गठन

0


प्रेम क्षेत्री
जेठ १४, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ९ मा ज्येष्ठ नागरिक गैंडाकोट इकाई समिति गठन गरिएको छ । टोलमा बसेको ज्येष्ठ नागरिकहरुको एक भेलाले आज सो समिति गठन गरेको हो ।

लिलाधर कंडेलको अध्यक्षतामा ९ सदस्यिय ज्येष्ठ नागरिक वडा इकाई समिति गठन गरिएको जयश्री टोल विकास संस्थाका अध्यक्ष एवं हरि ओम सत्सङ्गका अध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा कालिमाया सापकोटा, सचिवमा तेजेन्द्रप्रसाद सुवेदी, कोषाध्यक्षमा खगेश्वर उपाध्याय, सदस्यहरुमा मणिभद्र कंडेल, टिकालाल पौडेल, दिलबहादुर डिस्वा, सुर्यबहादुर परियार र सारदा मल्ल रहनुभएको छ । नगर समितिबाट दुर्गा रिजाल पदेन सदस्य रहनुभएको छ भने १ जना मनोनित गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आवश्यक काम गर्दै जाने बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक नगर समितिका सचिव मुक्तिप्रसाद न्यौपाने, कोषाध्यक्ष खिमानन्द कंडेल लगायतले बोल्नुभएको थियो । उहाँहरुले ज्येष्ठ नागरिकहरुको संरक्षण गर्दै आवश्यक कदम चाल्न वडालाई आग्रह गर्नुभएको थियो । ज्येष्ठ नागरिक गैंडाकोट नगर सदस्य दुर्गाप्रसाद रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Share.

Leave A Reply