गैंडाकोटका क्वारेन्टाइनमा सेनिटाइज गर्न स्प्रे मेसिन हस्तान्तरण

0


जगन्नाथ उपाध्याय
जेठ १४, गैंडाकोट । लायन्स क्लव अफ गैंडाकोट कालिगण्डकी र वातावरण विकास तथा अनुसन्धान केन्द्र गैंडाकोटले गैंडाकोट नगरपालिका भित्र रहेका छ वटा क्वारेन्टाइनमा सेनिटाइज गर्नका लागि स्प्रे मेसिन हस्तान्तरण गरेका छन् ।

उक्त स्प्रे मेसिन नेपाल राष्ट्रिय शम्सेर आदर्श मा वि क्वारेन्टाइनमा आयोजित हस्तान्तरण कार्यक्रममा गैंडाकोट क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक वडा नं ११ का वडा अध्यक्ष गोविन्द सुवेदी, वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, वडा नं ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय, वडा नं २ का वडा अध्यक्ष ध्रुवराम पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शम्सेर मा वि क्वारेन्टाइन व्यवस्थापन संयोजक सुरेन्द्र रेग्मी, वडा नं २ का वडा अध्यक्ष ध्रुवराम पौडेल, वडा नं ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय, वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा लगायतले संस्थाले गरेको सहयोगको प्रशंसा गर्दै कोविड १९ कोरोना भाइरसको लडाइँमा सचेत भएर घरमा रहन र विदेश बाट कोही आफन्त आएमा क्वारेन्टाइन सम्म आउने वातावरण सृजना गर्न आग्रह गर्नुभयो ।

वडा नं ११ का वडा अध्यक्ष एवं नगर स्तरिय क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक गोविन्द सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न हस्तान्तरण कार्यक्रम वातावरण विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष थानेश्वर चलिसेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

डीस्इन्फेक्सन स्प्रे कार्यक्रमका संयोजक तथा लायन्स क्लब अफ गैँडाकोटका सचिव कृष्ण कंडेलले यस अभियानले आगामी दिनमा पनि कोरोनाको संभावित जोखिम कम गर्न आवश्यक कार्यक्रम अघि बढाइरहने विजय एफएमलाई बताउनुभयो ।

Share.

Leave A Reply