गैंडाकोटमा सोमवार संकलन गरिएका ७ स्वावको रिपोर्ट नेगेटिभ

0

डोलराज रानाभाट, १४ जेठ । गैडाकोट नगरपालिकाबाट सोमवार संकलन गरिएको सात वटा स्वावको पीसीआर रिपोर्ट नेगेटिभ आएको  स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । सोमवार आरडिटी गर्दा एक जना व्यक्तिमा पोजेटिभ देखिए पनि उहाँको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको गैडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

सोमवार स्वास्थ्यकर्मी, नजिक रहेका उहाँहरुको परिवार र एम्वुलेन्स ड्राइभरको स्वाव संकलन गरिएको थियो । हिजो राति ८ बजे रिपोर्ट आउने भनिएपनि आज विहान मात्रै रिपोर्ट सार्वजनिक भएको हो । यसैविच गैडाकोट नगरपालिकामा हिजो २७ जनाको स्वाव संकलन गरिएको छ । कोरोना भाइरस रहे नरहेको परीक्षण गर्न गरिने पीसीआरका लागि उक्त स्वाव सकलन गरिएको गैडाकोटका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

देवुचलीका ६ जना सहित नगर भित्रैका क्वारेनटाइनमा रहेका, केही स्वास्थ्यकर्मी जनप्रतिनिधिहरुको स्वाव संकलन गरि परीक्षणको लागि भरतपुरको कोरोना परीक्षण प्रयोगशाला पठाइएको छ ।

हिजो पठाइएका स्वावको आज राति ८ बजेसम्म रिपोर्ट सार्वजनिक हुने पौडेलले बताउनुभयो । नगरप्रमुख छत्रराज पौडेलले पीसीआर परीक्षणको दायरा वढाउने बताएसँगै स्वाव संकलनलाई तिव्र पारिएको छ । स्वाव राख्ने भिटिएम लगायतका सामाग्री पनि नगरसँगै र स्वाव झिक्ने प्राविधिक पनि उपलब्ध भएपछि अहिले कोरोना परीक्षणको दायर वढाउन नगरपालिकालाई सहज भएको छ ।

Share.

Leave A Reply