कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का वडा अध्यक्षको मृत्यु, कोरोना परीक्षण गरिने

0

१४ जेठ । कञ्चनपुरमा रहेको क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएको हो । वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस हुनुभएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न वाँकी रहेको र  शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । शव पोष्टमार्टम सहित स्वाव लिएर परीक्षण गरिने भएको छ ।

Share.

Leave A Reply