हावाहुरीले किसानको उत्पादनमा क्षती, स्थलगत निरीक्षणमा गैडाकोटको कृषि शाखा सक्रिय

0

डोलराज रानाभाट

१३ जेठ, गैडाकोट । किसानको पीडालाई वुझ्दै समस्याको समाधान गर्न गैडाकोट नगरपालिकाको कृषि शाखाले स्थलगत निरीक्षण सुरु गरेको छ ।

दैनिक जस्तै आएको हावाहुरी र पानीले कृषकका उत्पादनमा क्षती हुन थालेपछि कृषि शाखाका प्रमुख राजु प्रसाद शर्मा ले व्यवसायिक तरकारी तथा मकै खेती गरिरहेका कृषकको वारीमै पुगेर निरीक्षण गर्न सुरु गर्नु भएको हो ।

आइतवार आएको ठूलो हावाहुरीले गैडाकोटका विभिन्न ठाउँमा लगाइएका तरकारी तथा मकैमा क्षती पुर्याएको थियो । साथै किसानहरुले निर्माण गरेका टनेल समेत भत्काएपछि स्थलगत निरीक्षण गरेर किसानलाई क्षतीपूर्ति प्राप्तीको आवश्यक सुझाव र सल्लाह दिनुभएको छ ।

आफ्नो फर्ममा भएका क्षतीको विवरण लेखी नगरपालिकामा निवेदन दिन आग्रह गर्दै उहाँले अहिलेको समय फर्म तथा वारीमा काम गर्दा विशेष ध्यान पुर्याउन पनि आग्रह गर्नुभयो ।

हिजो मात्रै गैडाकोट ६ को कडेँल पशु विकास कृषि र्फम, दाजु भाई कृषि तथा पशु फर्म, हरियाली कृषक समू गैडाकोट ५ लगायतका ठाउँमा पुगेर अवलोकन गरी सल्लाह दिनुभएको हो । अधिकाँश ठाउँको टनेललाई क्षती पुर्याएको पाइएको र वालीमा भने मकै सुताएको भएपनि डाँठ नभाचिएका पछि उठ्ने शर्माले बताउनुभयो ।

कृषकहरुले निवेदन दिएपछि क्षतीको विवरण अंकमा आउने भन्दै अहिले स्थलगत निरीक्षणमै केन्द्रीत रहेको र किसानलाई सुझाव दिएको शर्माले बताउनु भयो । यदि कुनै किसानको वालीनालीमा क्षती पुगेको छ र स्थलगत अवलोकन गर्नुपर्ने छ भने नगरको कृषि शाखामा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

Share.

Leave A Reply