पीसीआर परीक्षणका लागि लिइने स्वाव संकलनका सवै सामाग्री गैडाकोट नगर आफैले किन्ने

0

डोलराज रानाभाट, १३ जेठ, गैडाकोट । कोरोना भाइरस कोभिड १९ को परीक्षणका लागि आवश्यक पर्ने सवै स्वास्थ्य सामाग्री अव देखि नगरपालिका स्वमय ले खरिद गर्ने भएको छ ।

नगरप्रमुख छत्रराज पौडेलले नगरलाई ग्रीन जोनमै राख्ने प्रयास स्वरुप आवश्यक स्वास्थ्य सामाग्री नगर आफैले खरिद गर्ने गरी निर्देशन दिएको स्वास्थ्य शाखाले जनाएको छ ।

अहिले जिल्लामै पहिलो पटक स्थानीय तहमध्ये गैडाकोटलाई स्वाव संकलनका लागि आवश्यक २५ थान भिटिएम रहेको भन्दै थप १०० थान खरिदका लागि इन्क्वाइरी सुरु भएको नगर स्वास्थ्य प्रमुख झलकराज पौडेलले जानकारी दिनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय सँग वाहेक कुनैपनि स्थानीय तहमा अहिलेसम्म भिटिएम उपलब्ध नभएको तर गैडाकोट नगरमा भने यसको प्रवन्धका साथै स्वाव संकलन गरी पीसीआरलाई तिव्र पारिएको हो ।

Share.

Leave A Reply