अव देखि गैडाकोटकै स्वास्थ्य प्राविधिकहरुले स्वाव लिने, तालिम पश्चात काम पनि सुरु

0

डोलराज रानाभाट, १३ जेठ, गैडाकोट । अव देखि गैडाकोटकै स्वास्थ्य प्राविधिकहरुले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्ने भएका छन् ।

यस अघि दक्षता र स्वाव संकलन गर्ने विधिको वारेमा जानकारी नहुँदा स्वास्थ्य कार्यालय नवलपुरबाट टोली आएर स्वाव संकलन गर्नुपर्ने वाध्यता रहेको थियो । हिजो भरतपुर अस्पतालमा तालिम लिएपश्चात अव जनशक्तिको अभाव हटेको गैडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले विजय एफएमलाई जानकारी दिनुभो ।

हिजो ७ जनाको स्वाव संकलन गरी पीसीआर परीक्षणको लागि भरतपुरको कोरोना परीक्षण प्रयोगशाला पठाएको उहाँले बताउनुभयो । नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले पीसीआर परीक्षणको दायार वढाउने नीति लिएसँगै सख्या वढेको हो ।

एम्वुलेन्स ड्राइभर देखि स्वस्थ्थ्यकर्मी र भारत तथा संक्रमण फैलिएका देशहरुबाट नगरभित्र आएकाहरुलाई प्राथमिकतामा राखेर स्वाव संकलन गर्ने गरिएको छ । यस अघि मात्रै १७ जना स्वास्थ्यकर्मीमो पीसीआर परीक्षण सम्पन्न भई सवैको रिपोर्ट नेगेटिभ आइसकेको छ । नगरभित्र हालसम्म भारतबाट २३ जना आएका छन् ।

उनीहरुलाई मुकुन्दपुर र नारायणी माविको क्वारेनटाइनमा राखिएको छ । अहिले क्वारनेटाइनमा २७ जना रहेका र २३ जना भारतबाट र अन्य संक्रमण फैलिएका जिल्लाबाट आएका हुन् ।

Share.

Leave A Reply