स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आलोपालो ड्युटी मिलाउन निर्देशन

0


जेठ १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आलोपालो ड्युटी मिलाउनको लागि निर्देशन दिएको छ ।
पछिल्ला दिनहरुमा संक्रमित संख्या बढ्दै जानसक्ने कुरालाई मध्यनजर गर्दै मन्त्रालयले ड्युटी सिफ्ट मिलाउन निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले एक विज्ञप्ती जारी गर्दै देशभरका सबै अस्पतालहरुमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुलाई सुरक्षित र व्यवस्थित गर्न दुइ समुह बनाई काम गर्न निर्देशन दिएको हो ।
केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ– “हाल कोभिड १९ रोकथाम व्यवस्थापन गर्न स्वास्थ्यकर्मी तथा सहयोगीहरु संक्रमित हुन गइ सेवा प्रवाह निरन्तरता दिन कठिनाइ हुनसक्ने हुँदा सबै अस्पतालहरुले उपलब्ध जनशक्तिहरुलाई सुरक्षित र व्यवस्थित गर्न दुइ समुह बनाई आलोपालो ड्युटी लगाई (एक टोली एक हप्ता अर्काे टोली अर्काे हप्ता गरी ) सेवा निरन्तरताको सुनिस्चितता गर्नुहुन नेपाल सरकार (सचिवस्तर)को मिति २०७७÷०२÷१२ को निर्णयअनुसार अनुरोध छ ।”

Share.

Leave A Reply