गैडाकोट ७ नारायणी माविको क्वारेनटाइन लाई सुधार्दै लगेका छौँ ः वडाअध्यक्ष उपाध्याय

0

डोलराज रानाभाट, १२ जेठ, गैडाकोट । गैंडाकोट नगरपालिका वडानम्वर ७ नारायणी माविको क्वारेनटाइनलाई सुधार्दै लगिएको छ । हिजो दिउसो सतह नमिलेका वेन्चहरु ह्टाएर प्लाई राखी सुत्ने वेडलाई सुधारिएको गैडाकोट ७ का वडाअध्यक्ष चोलानाथ उपाध्यायले विजय एफएमलाई जानकारी दिनुभयो ।

हिजो विजय एफएममा क्वारेनटाइनमा वस्नेहरुको गुनासो लाई समावेश गरेर समाचार प्रकासन प्रसारण भएको थियो । सोही क्रममा वडाअध्यक्ष चोलानाथ उपाध्यायले त्यसलाई सुधार्ने वताउनुभएको थियो । अहिले प्लाई हालेको र त्यसले सुत्नमा सहज भएको क्वारेनटाइनमा वस्नेहरुले बताउनु भएको छ ।

वडाअध्यक्ष उपाध्यायले आज धारो पनि बनाउने र चर्पी भित्रै पानी पुर्याइने गरी काम भइरहेको बताउनुभयो । हिजो हावा हुरी र पानीका कारण वन्न नसकेकोले आज काम सुरु गर्ने बताउनुभयो ।

क्वारेनटाइनमा रहनु हुनेहरुको इच्छा र कोरोना संक्रमण हुन नदिन एक व्यक्तिलाई एक शौचालय बनाउने कार्यको पनि गृहकार्य सुरु भएको वडाअध्यक्ष उपाध्यायले जानकारी दिनुभयो । प्लाष्टिकको अस्थायी शौचालय वनाएर व्यक्तिगत प्रयोगमा जोड दिने तयारी भएको उहाँको भनाई । हिजो नै नगरप्रमुसख छत्रराज पौडेल सहितको टोली क्वारेनटाइन पुगेको र आफूहरुसँग छलफल गर्नुभएको क्वारेनटाइनमा वस्नेहरुले बताउनुभयो । आफूहरुको समस्या सुनिदिनुभएको र अन्य क्षेत्र पनि सुधार हुनेमा आशा रहेको क्वारेनटाइनमा रहनेहरुको भनाई छ ।

Share.

Leave A Reply