८७ जना निको भइ घर फर्किसके

0

गैँडाकोट । महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा ८७ जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रलायका अनुसार आजसम्म ८७ जना कोरोना नेगेटिभ आएपछि घर फर्र्किएका हुन् । ५ सय १३ जना उपचार रत रहेका छन् । प्रदेश नं. १ मा २६ जना, प्रदेश २ मा १३ जना, बाग्मती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३६ जना र सुदुरपश्चिम प्रदेशमा २ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा ३ जनाको ज्यान गएको छ ।

अहिलेसम्म ६ सय ३ संक्रमित पुगेका छन् । विश्वमा २२ लाख ५९ हजारबढी मानिस निको भइसकेका छन् ।

Share.

Leave A Reply