नेपालमा कोरोना भाईरस संक्रमित हुनेको सङ्ख्या ६ सय ३ पुग्यो

0


जेठ ११, गैंडाकोट । नेपालमा कोरोना भाईरस कोभिड १९ संक्रमित हुनेको सङ्ख्या आज १९ रहेको छ । उनिहरु विभिन्न जिल्लाका रहेका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको सङ्ख्या ६ सय ३ पुगेको छ । संक्रमित पुरुष हरुको सङ्ख्या ५२४ रहेको छ भने महिलाको सङ्ख्या ८९ रहेको छ ।
हालसम्म निको भएर घर फर्किएकाको सङ्ख्या ८७ रहेको छ ।
मृत्यु हुनेको सङ्ख्या ३ रहेको छ ।
४२ जिल्लामा यसको संक्रमण देखिएको छ ।
९० हजार २६ जनाको आरडिटी विधिबाट परिक्षण गरिएको छ भने ४८ हजार ८ सय १५ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ ।
क्वारेन्टीनमा रहेकाको सङ्ख्या ३९ हजार ८०४ रहेको छ । आईसोलेसनमा रहेकाहरुको सङ्ख्या ५ सय १३ रहेको छ । जुन पुष्टि भएका केशहरु हुन् ।

Share.

Leave A Reply