गण्डकी प्रदेश सभाको बैठक आज बस्दै, विजय एफएमले प्रत्यक्ष प्रसारण गर्ने

0


प्रेम क्षेत्री
जेठ ११, गैंडाकोट । गण्डकी प्रदेश सभाको छैटौ अधिवेशन आज बस्दै छ । पोखरा सभागृहमा आज दिउँसो १ बजे बस्ने बैठक आह्वान गरिएको हो ।
गण्डकी प्रदेश मन्त्रिपरिषदको ४ जेठको बैठकले बर्खे अधिवेशन ११ गते आह्वान गर्ने निर्णय गरेको थियो । यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ । त्यसका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पोखरा सभागृह मर्मत सम्भार गरि तयार गरिसकेको छ ।
काँग्रेसको लगातार अवरोधपछि चैत ५ देखि रोकिएको बैठक खुल्दै नखुली सरकारको सिफारिसमा बैशाख २३ मा आएर पाँचौ अधिवेशन अन्त्य गरिएको थियो । आइतबारदेखि सुरु हुने अधिवेशनमा सरकारका नीति तथा कार्यक्रम र बजेट सहित विभिन्न विधेयकहरुमाथि छलफल हुने कार्यक्रम छन् । असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकोले तयारीस्वरुप अधिवेशन सुरु हुन लागेको हो ।

बैठकको विजय एफएम १०१.६, www.vijayafm.org.np र १०१.६ विजय एफएम नामको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने छ ।

Share.

Leave A Reply