गैडाकोट ७ नारायणी माविको क्वारेनटाइनमा वस्नेको गुनासो ः न चर्पीमा पानी छ, न सुत्नलाई वेड

0

डोलराज रानाभाट, ११ जेठ, गैडाकोट । गैंडाकोट नगरपालिका वडानम्वर ७ नारायणी माविमा सुत्ने वेड नै नराखि क्वारेनटाइन वनाएको पाइएको छ । सुत्ने वेड नै नराखेर विद्यार्थी वस्ने वेन्चलाई जोडी क्वारेनटाइन बनाइएको रहेछ । भारत बाट आएर त्यहाँ वस्नु भएका तीनै जनाले सुत्नलाई वेड र शौचालय भित्र पानी समेत नभएको भन्दै यस तर्फ तत्काल ध्यान दिन आग्रह गरेका छन् ।

हिजो विहान र साँझ आएका उहाँहरु भारतबाट नेपाल आउनु भएको थियो । नगरपालिकाले पितौजी र सहज अस्पतालमा व्यवस्थित क्वारेनटाइन वनाए पनि उहाँहरुलाई विद्यालयमा लगेर राखिएको हो । विद्यालयमा क्वारेनटाइन वनाइएको भनेपनि विद्यार्थीहरु वस्न मात्रै मिल्ने दुई वटा वेन्च जोडेर सुत्ने व्यवस्था मिलाइएको छ ।

दुई वटा वेन्चको सतह नमिलेर एउटा माथि अर्को तल छ । यस्तोमा कसरी सुत्ने अनि १४ दिन कटाउने उहाँहरु सवैका गुनासो छ । मानवियतालाई समेत ध्यान नदिई वेड तयार गरेको देखिएको छ ।

”वरु भुइमा यतिकै ओछ्याइदिएको भए हुन्थ्यो, ल हेर्नुस् त सर यस्तोमा कसरी सुत्ने ?” तलमाथि भएको वेन्च देखाउदै उहाँहरुले प्रश्न गर्नुभयो । ”राति नै बेन्च हटाएर भुइमा सुत्न तयार भएको थिएँ”, ती व्यक्तिले भन्नुभयो, ”फेरि समिति आएर गाली गर्छन की भनेर यस्तैमा सुतें ।”

खानाको कुनै गुनासो नरहेपनि क्वारेनटाइमा भएको वेड र शौचालयमा पानी नभएको भन्दै १४ दिन सम्म वस्न नसकिने उहाँहरुको भनाई छ । ”एक त हरेक व्यक्ति पिच्छे शौचालय हुनुपर्ने हो तर यहाँ त सवैले एउटै शौचालय प्रयोग गर्नुपर्ने रहेछ त्यो पनि भित्र पानी नै छैन ” अर्का पुरुषले गुनासो गर्नुभयो ।

क्वारेनटाइनको मापदण्ड
source: दिपक शर्मा

भारतको क्वारेनटाइनमा पनि वसेको भन्दै उहाँले फलामको डण्डिहरु जोडेर व्यक्ति पस्न मिल्ने बनाउने र वाक्लो प्लाष्टिकले घेरी एक व्यक्तिलाई एक शौचालय निर्माण भएको सुनाउँदै दुई घण्टामा यो काम गर्न सकिने बताउनुभयो । तर नगरपालिकाले त्यसो नगरेको भन्दै उहाँले समितिलाई व्यस्थित गराउन अनुरोध गर्नुभयो । अन्यथा यही बाट झन् धेरैमा कोरोना संक्रमण फैलन सक्ने सम्भावना भएको बताउँदै समयमै सचेत रहन उहाँको आग्रह थियो ।

शौचालय प्रयोग गर्न वाहिरबाट वाल्टिनमा पानी लिएर जानुपर्ने र वल्ला शौचालय प्रयोग गर्नुपर्ने वाध्यता रहेको उहाँहरुले बताउनुभयो । ”भित्रै पानी आउने व्यवस्था नै रहेन छ यसले थप जोखिम वढाएको छ” उहाँहरुले भन्नुभयो ।

”अझै धेरै व्यक्तिहरु आउने सुनेको भन्दै उहाँहरुले भन्नुभयो, ”व्यक्तिको दर्ता गराउँदा आरडिटी परीक्षण गराएर प्रवेश दिनुपर्छ । एउटै कोठामा रहदा कुन व्यक्तिमा रोग छ वा छैन भन्ने नै थाहा हुन्न अनि कसरी सचेत रहने ?”

अहिले एउटै कोठामा तीन जना वस्दै आउनु भएका छ । गैडाकोट १, ५ र ६ घर भएकाहरु वस्नु भएको छ । उहाँहरुमा हालसम्म कुनै लक्ष्यण नदेखिएको र आफूहरु स्वास्थ्य रहेको भन्दै परिवारलाई ढुक्क रहन आग्रह गर्नुभयो ।

नगरपालिकाले सहज अस्पतालमा निर्माण गरेको व्यवस्थित २५ वेडको क्वारेनटाइन अझै सम्म प्रयोगमा आएको छैन जुन व्यस्थित छ । केही समय पहिले जिल्ला समन्वय समिति नवलपुले दिएको खर्च विवरण अनुसार गैडाकोट नगरपालिकाले क्वारेनटाइन निर्माण तथा व्यवस्थापनमा १६ लाख खर्चिएको छ ।

Share.

Leave A Reply