नेपालमा संक्रमित हुनेको सङ्ख्या ५८४

0


जेठ  १०। नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको सङ्ख्या ५८४ पुगेको छ ।

पछिल्लो पटक ३६ जना नयाँ संक्रमित भेटिएका हुन् ।

हालसम्म निको भएर घर फर्किएकाको सङ्ख्या ७० रहेको छ ।

मृत्यु हुनेको सङ्ख्या ३ रहेको छ ।

४० जिल्लामा यसको संक्रमण देखिएको छ ।

८६ हजार २ सय ३५ जनाको आरडिटी विधिबाट परिक्षण गरिएको छ भने ४५ हजार ९ सय ५७ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ ।

क्वारेन्टीनमा रहेकाको सङ्ख्या ३२ हजार ५८७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

Share.

Leave A Reply