गैँडाकोटमा १७ जना स्वास्थ्यकर्मीको स्वाब संकलन, परिक्षणका लागि पोखरा पठाइयो

0

गैँडाकोट, १० जेठ । गैँडाकोट नगरपालिका क्षेत्रभित्रका १७ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि शनिबार पोखरा पठाइएको छ । शुक्रबार पितौँजी नगर अस्पताल र गैँडाकोट स्वास्थ्य चौकीका दुई जना स्वास्थ्यकर्मीको आरडिटि पोजेटिभ देखिएपछि परिक्षण कार्य अघि बढाइएको हो । कोरोना भाइरसको नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्ने १७ जना स्वास्थ्यकर्मीको स्वाव आज संकलन गरिएको हो । हिजो आरडिटि देखिएका कर्मचारीको पनि आज नै स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाइएको छ ।


पितौँजी नगर अस्पतालमा स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाइएको गैँडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो । पौडेलले बेलुका १०–११ बजे रिपोर्ट आउने बताउनुभएको छ ।
आरडिटि रिपोर्टकै आधारमा कोरोना संक्रमण भन्नु जायज नहुने भन्दै यस्तो हल्ला नफैलाउन स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो । सञ्चारमाध्यम र समाजिक सञ्जालमा अफवाह फैलाएको प्रति स्वास्थ्य शाखाका कर्मचारीहरुले गुनासो प्रकट गरेका छन् ।

Share.

Leave A Reply