गैँडाकोटका स्वास्थ्यकर्मीको पिसिआर परिक्षण हुँदै, बेलुकासम्म रिपोर्ट आउने

0


गैँडाकोट, १० जेठ । गैँडाकोटमा आरडिटि परिक्षण पोजेटिभ देखिएका स्वास्थ्यकर्मीको आज स्वाब परिक्षण हुँदै छ । शुक्रबार गैँडाकोट स्वास्थ्य चौकी र पितौँजीघाटमा रहेको स्वास्थ्य संस्थामा कार्यरत दुई जना महिला स्वास्थ्यकर्मीको आरडिटि परिक्षण पोजेटिभ आएको थियो । अहिले साढे ७ बजे पश्चात स्वाब परिक्षण कार्य अघि बढ्ने र स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाउन लागिएको नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले विजय एफएमलाई जानकारी गराउनुभयो । उहाँका अनुसार पिसिआर परिक्षणको रिपोर्ट बेलुका सम्म आइपुग्नेछ । आरडिटि परिक्षणमा पोजेटिभ आएपनि पिसिआर परिक्षणमा नेगेटिभ आउन सक्ने भएकाले यसलाई नै आधार मानेर सन्त्रास नफैलाउन समेत उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply