चितवनमा आज कोरोना पुष्टी भएका श्रीमान श्रीमती, भारतमा क्यान्सरको उपचार गराएर फर्किएका थिए

0

९ जेठ । चितवनमा आज दुई जनामा कोरोना पुष्टी भएका श्रीमान श्रीमती रहेका छन् । भरतपुर महानगरपालिका वडानम्वर ६ गीतानगर स्थित केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा आज कोरोना संक्रमण पुष्टी भएको हो । ७४ वर्षीय पुरुषमा क्यान्सर रोगको संक्रमण रहेका आशांमा जाँच गर्न भारत लगिएको थियो । उहाँको छोराले भारतमा उपचारका लागि लिएर गएको र यही जेठ ३ गते नेपाल फर्किनुभएको थियो । भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँको छोराको रिपोट भने नेगेटिभ देखिएको छ । उनीहरुको थप ट्राभल र कन्ट्याक्ट विवरणको खोजी भइरहेको छ । १३१ स्वाव पठाएकोमा ३ वटा मात्रै पोजेटिभ अरु सवै नेगेटिभ आएको पनि पौडेलले बताउनुभयो । आज कोरोना संक्रमण देखिएका तीनै जनालाई कोरोना अस्थायी अस्पतलाको आइसोलेसनमा राखेर उपचार गरिरहेको छ । उमेर अनुसार तीनै जनाको स्वास्थ्य अवस्थामा समान्य रहेको पौडेलले जानकारी दिनुभयो । यस सँगै कोरोना अस्थायी अस्पतालमा उपचार गराउने कोरोना संक्रमितको सख्या ४ पुगेको छ ।

Share.

Leave A Reply