नवलपुरमा आज कोरोना देखिएका पुरुष जेठ १ गते भारतबाट आएका थिए

0

डोलराज रानाभाट, ९ जेठ । नवलपुर जिल्लाको विनयत्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । उहाँ यही जेठ १ गते भारतको गुजरातबाट नेपाल प्रवेश गरी सुस्ताको बोधीनगरमा रहेको क्वारेनटाइनमा २ दिन बसेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुले जनाएको छ ।

बोधीनगर क्वारेनटाइनबाट जेठ ३ गते एम्बुलेन्समा आएर सोही वडाको क्वारेनटाइनमा बस्नुभएको थियो । जेठ ६ गते बेलुका उहाँको ज्वरो आएपछि जेठ ७ गते क्वारेनटाइन स्थलबाट एम्बुलेन्समा आएर चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा उपचाररत रहनुभएको छ ।

आज विहान रिपोर्ट पोजेटिभ आउनासाथ उहाँलाई आज विहान ४ बजेर ३० मिनेटमा भरतपुर कोरोना विशेष अस्पतालमा पठाइएको हो । उहाँको अवस्था अहिले सामान्य रहेको छ । अहिले उक्त संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने र स्वाव संकलन गरी परीक्षणको ला िपठाउने काम सुरु भएको छ ।

Share.

Leave A Reply