चिरपटले हान्दा लडेर ढुँगामा ठोक्कीएका चोट लागेको स्थानीयको वयान

0

९ जेठ ।गैडाकोट नगरपालिका वडानम्वर ३ तात्रिवासका एक युवालाई घाइते बनाउने सोही ठाउँका व्यक्ति गैडाकोट प्रहरीको नियन्त्रणमा रहेका छन् ।

नियन्त्रणमा रहेका व्यक्ति अमृत गान्ठाकी मगर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभएको छ । घाइते हुनेमा २६ वर्षीय राजु परियार रहेको र उहाँको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते परियारको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

घाइते परियार मादक पदार्थ सेवन गरी मगरको श्रीमतीलाई अशोभनीय व्यवहार गर्न थालेपछि अमृतले चिरपटले खुट्टामा हान्दा उनी ढुुंगामा लड्न पुगेको र चोट लागेको वयान स्थानीयले दिएको इन्सपेक्टर थापाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान जारी रहेको उहाँको भनाईछ । घाइते परियारलाई गैडाकोट स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि चितवन लगिएको थियो ।

Share.

Leave A Reply