विदेशबाट तत्काल गैडाकोट फर्कन इच्छुकको नाम टिपाउन नगरपालिकाको आग्रह

2

डोलराज रानाभाट, ८ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकाले नगरभित्रका मानिस तर अहिले विदेशमा रही फर्कन चाहानेहरुको नाम टिपाउन आग्रह गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण विदेशमा अलपत्र परेका वा विभिन्न कारण तत्काल फर्कने चाहाने व्यक्तिहरुले सम्वन्धित टोल विकास संस्था मार्फत आफ्नो पुरा विवरण टिपाउन सक्नेछन् । त्यसका लागि टोलविकास संस्थालाई नगरपालिकाले अनुरोध गर्दै आज सूचना जारी गरेको ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यद्धारा हस्ताक्षर गरी जारी गरिएको सूचनाबाट नगरभित्रका सवै टोलविकास संस्थाहरुलाई आफ्नो टोलमा रहेका प्रत्येक घर घरमा गएर तत्काल विदेशबाट फर्कने चाहाने व्यक्तिहरुको तथ्याङ संकलन गरी सम्वन्धित वडा कार्यालयमा वुझाउन भनिएको छ ।

त्यसरी तथ्याङ्क आएपछि नगरपालिकाले कति क्वारेनटाइन निर्माण गर्नुपर्ने हो त्यसवारे निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।

सही तथ्याङ्क समयमै प्राप्त भए सोही अनुसारको तयारी गर्न सकिने र कोरोना विरुद्धको लडाइलाई जित्न सकिने भन्दै तथ्याङ्क संकलनलाई तिव्रता दिन अनुरोध गर्नुभयो । विदेशबाट आउनेहरुलाई सुरुमै क्वारेनटाइनम राख्ने र त्यसरी क्वारेनटाइनमा रहनेहरुलाई प्रथामिक स्वास्थ्य उपचार ,खानपिन लगायतको खर्च नगरपालिकाले व्यहोर्ने प्रष्ट पारिएको छ ।

Share.

2 Comments

Leave A Reply