चिरपटले हान्दा गैडाकोट ३ तात्रिवासका एक युवा घाइते

0

८ जेठ । गैडाकोट नगरपालिका वडानम्वर ३ का एक युवालाई चिरपटले हानेर घाइते बनाइएको छ । घाइते हुनेमा तात्रिवासका राजु परियार रहेका छन् । उनी गैडाकोट स्वास्थ्य चौकीमा कुनै एक जनाले ल्याइदिएको र प्राथमिक उपचार पछि थप उपचारका लागि भरतपुर स्थिती चितवन मेडिकल कलेज लगिएको छ ।

तात्रिवास टोलविकास संस्थाका सचिव टिकाराम पराजुलीका अनुसार छिमेकीहरुले चिरपटले हानेको खवर आएको र आफू अहिले केही टाढा रहेका कारण घटनाको वारेमा वुझ्दै गरेको बताउनुभयो ।

अहिले प्रहरीले पनि चिरपट हान्नेहरु र कारण वारे खोजि गरिरहेको छ ।  गैडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले घाइतेको निधारमा गहिरो चोट रहेको जानकारी दिनुभयो ।

Share.

Leave A Reply