मुकुन्दसेन दरबार र वर्तमान अवलोकन चुनौती

0


रमेश थनेत
साविक मुकुन्दपुर गा.वि.स. उत्तरतर्फ प्राकृतिक मनोरम वनजंगल एवं डाँडाँमा अवस्थित ऐतिहाँसिक र धार्मिक आस्थाको धरोहरका रूपमा रहेको मुकुन्दसेन दरबारको अवलोकन गर्ने ईच्छा र रहर जो कोहीलाई पनि लाग्न सक्छ । आखिर नलागोस् पनि कसरी ? मुकुन्दपुर क्षेत्र को उत्तर तराई मैदानदेखि सुरुवात हुने पैदलयात्राको दौरान देखिने र महसुस हुने अपरम्पार र मनमोहक प्राकृतिक दृश्यहरू हरियो वनजंगल (विशेषतः चैत्र, बैशाख महिनामा वसन्त ऋतुको आगमनलाई स्वागत गर्न तल्लीन पालुवाहरु, रंगिविरंगी फुलहरू), विभिन्न थरिका चराचुरुङ्गीहरू र तिनका जादूगर आवाज र मन लोभ्याउने नृत्य, ठाउँ–ठाउँमा रहेका स–साना खोला–खोल्साहरू, साना ठूला आफ्नै बास स्थानमा प्रकृतिको नियममा रमाउने जिवजन्तुहरू, चट्टान (माटो तथा पारिस्थितिक प्रणालीलाई सन्तुलित कायम गर्न मद्दत गर्ने सम्पूर्ण सजिव निर्जीव वस्तुहरूले जोकोही पैदलयात्रीको करिब ३ घण्टाको उकालो ओरालो यात्राको थकान लाई केही हदसम्म भएपनि कम गर्न (बिर्सन) मद्दत गर्दछ भन्ने कुरामा दुई मत नहोला ।


एकातर्फ यात्राको क्रममा महसुस हुने र देखिने अनुपम भोगाईहरु अनि अर्को तर्फ गन्तव्य स्थल मा पुगिसकेपछि डाँडाँको चुचुरोबाट फेदतर्फ हेर्दा दृश्यावलोकन हुने दक्षिणमा अवस्थित चितवन राष्ट्रिय निकुञ्ज, अटुट रुपमा बगिरहने नारायणी नदी र यसले बनाएको बहाव तथा बगरहरू, रंगिविरंगी जस्तापाता आदिले सजिएका मुकुन्दपुरको बस्तीहरू, पुर्व पश्चिम भएर जाने महेन्द्र राजमार्गमा देखिने गुडिरहेका सवारी साधनहरु, उत्तर–पश्चिम तर्फ देखिने हिमालय श्रृंखला, छिमेकी जिल्ला तनहुँ र पहाड, डाँडाँकाँडा, हरियो वन, कालिगण्डकी नदी आदिले हरकोहीलाई सहजै मोहित तुल्याई एक क्षणलाई अलग्गै दुनिया (शान्त–स्वर्ग) मा आएको महसुस गराउँदछ । अलौकिक स्वर्गीय अनुभूति पश्चात विशेष रूपमा अवलोकन गर्न हिंडेका पैदलयात्री, भक्तजनहरूको ब्यग्रताको अन्त्यमा अवलोकन गर्न सकिने ऐतिहाँसिक सेन राजाहरूको पालामा निर्मित मठमन्दिर, देवि देवताका मूर्तिहरू, कलाकौशलहरु, संरचनाहरु आदिले साच्चिकै हामी, हाम्रा पुर्खा पुर्वजहरू धर्म संस्कृति र आफ्नोपनमा कति सजग, महान् र सम्पन्नशाली रहेछन् भन्ने कुराको महसुस गराउँदछ । यद्यपि यहाँको भग्नावशेषले यसको संरक्षण, संवर्धन र प्रवद्र्धन लाई यथाशीघ्र अगाडि बढाउनु पर्ने कुरालाई इंगित गर्दछ ।


यसमा कुनै पनि दुई मत छैन कि मुकुन्दसेन दरबार पुरातात्विक र ऐतिहासिक महत्वको स्थल हो, धरोहर हो, मुकुन्दपुर र समग्र नेपालको साझा गौरव र सम्पत्ति हो भन्ने कुरामा । यसको उत्थान, संरक्षण र प्रवद्र्धन हामी सबैको साझा जिम्मेवारी हो । यसको समयमा संरक्षण र प्रवद्र्धन गर्न सकिएमा, पक्कै पनि यसले मुलुकको धार्मिक पर्यटकीय तीर्थस्थलका रूपमा ठूलो टेवा पु¥याउन सक्छ । फलस्वरूप सिंगो मुकुन्दपुर क्षेत्र, नवलपुर जिल्ला र समग्र मुलुककै गर्व अन्तर्राष्ट्रिय क्षेत्रमा कायम गर्न मद्दत पनि गर्न सक्छ ।


जसका लागि दिर्घकालिन सोच र योजनाका साथ, समाजका दूरदर्शी दिग्गज ब्यक्तिहरू तथा समिति आदिको अनुयायीमा स्थानीय निकायसँग समन्वय गरी राष्ट्रिय स्तरसम्म अगि बढ्नुपर्ने टड्कारो आवश्यकता लाई नकार्न भने सकिंदैन ।
अब कुरा गरौं वर्तमान समयको,
कोरोना अर्थात् कोभिड–१९ को विश्वव्यापी महामारीको ।
कोरोना कहरको मारमा अहिले सिंगो विश्व समुदायनै आक्रान्त रहेको अवस्थामा मुकुन्दसेन दरबार र आसपासका क्षेत्रहरू र मानिसहरू पनि यसको जोखिमबाट टाढा पक्कै पनि छैनन् । एकातर्फ छिमेकी मुलुक भारतसँग टाँसिएको हाम्रो सानो जिल्ला र भारतमा दैनिक रूपले बढ्दै गईरहेको कोरोना संक्रमितको संख्या र मृत्युदर अर्कोतर्फ छिमेकी जिल्ला चितवन र रूपन्देही कोरोनाको उच्च जोखिममा राखिएका छन्, साथसाथै मुलुक भित्रै पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । यस्तो अवस्थामा हामी नवलपुर, मुकुन्दपुरबासि अहिले नै निर्धक्कका साथ सामान्य जिवन बिताउने अवस्थामा छैनौ र आवश्यक पनि छैन् ।
तर अफसोचका साथ भन्नुपर्छ, केही हप्ता, सातादेखि बिशेषतः केहि व्यक्तिहरू समूह–समूह, गुट बनाई घर बाहिर निस्कने, मुकुन्दपुर दरबारको अवलोकन गर्न जाने क्रम दिनप्रतिदिन बढ्दो छ । सामाजिक सन्जालको भाषामा भन्नुपर्दा टे«न्ड नै बसेको छ ।
आखिर किन ? धेरैको मन मस्तिष्कमा अहिले यही प्रश्न उब्जिएको छ ? के स्थानीय निकाय, जनप्रतिनिधि र प्रशासन यो विषयमा जानकार छैनन् ? यदि कोही कतै छन् भने यस्ता खालका जमघट रोक्न के कस्ता कामहरु भए ? भए भने किन अझै मानिसहरू हुलका हुल मुकुन्दसेन दरबार अवलोकनका लागि गईरहेका छन् त ?
कोरोनाको महामारी मुलुक भित्र फैलन नदिन सरकारले देशमा पटक पटक गरी लकडाउनलाई जारी राखेको छ । जसका कारण एकातिर जनजीवन अस्तब्यस्त र कष्टकर त छदै छ, अर्कोतर्फ मुलुकको अर्थतन्त्र टाट नपल्टला भन्न सक्ने अवस्था छैन । लकडाउनको उचित र प्रभावकारी कार्यन्वयन गर्न स्थानीय, प्रान्तिय र केन्द्रीय तिनै वटा सरकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी हरूको सहयोगमा दिन रात लागि परेका छन् । यो लामो समय अवधिको लकडाउनमा घरमै परिवारसँग बसौं र सुरक्षित रहौं, सामाजिक दुरि कायम राखौं, भिंडभाडमा नजाऔं, अत्यावश्यक कामले जानै परे आधारभूत स्वास्थ्य उपकरणहरू (मास्क, पञ्जा, स्यानिटाइजर आदि) को अनिवार्य प्रयोग गरौं भनेर पटक पटक रेडियो, टेलिभिजन, पत्रपत्रिका, मोवाईल, माइकिङ आदि माध्यमबाट जानकारी एवं सुचना प्रवाह गरिरहेको भएता पनि केही ब्यक्तिहरु यस्ता खाले सुचनाहरु लाई बेवास्ता गर्दै आफ्नै तालमा समूह बनाई हिंड्डुल गर्नु दुखद् हो ।
ए बाबा घर कति बस्नु ? वाक्क दिक्क भइसक्यो । मेरा साथिभाई, आफन्तजन, केटाकेटीहरु स्वस्थ र सुरक्षित छन् केरे ∕ कसैलाई कोरोना संक्रमण छैन के रे ∕ आज नभए भोलि सबैलाई बोलाएर मुकुन्दसेन दरबार अवलोकन गराउन लान्छु । रिफ्रेस त हुन्छ भनेर सोच्नुभएको छ ? या घुमेर वा घुमाएर ल्याइसक्नु भएको हो भने अभिभावक को जिम्मेवारीको दृष्टिकोणबाट, रमाइलो गर्ने हिसाबले–सहि हो, तपाईंको अधिकार र स्वतन्त्रता भित्रको कुरा हो । तर, समय गलत हो । एक छिन सोच्नुस त, तपाईंले आफ्नो अधिकार प्रयोग गर्ने क्रममा आफ्नो जिम्मेवारी त बिर्सनु भएन ? स्थानीय प्रशासन र कानुनले जारी गरेको आदेश को बिपरित त जानुभएन ?
पक्कै पनि वर्तमान समयमा यो योजना र प्रवृत्ति असुहाउँदो हो । शिक्षित र सजग नागरिक को परिचय बिपरित हो ।
पहिलो त यहाँले अहिलेको असहज परिस्थितिमा समूहमा घरबाट निस्केर लकडाउनको ठाडो उलंघन गर्नुभयो । दोस्रो आँफु लगायत सम्पूर्ण इष्टमित्र, आफन्तजनलाई पनि लकडाउन उलंघन गर्न प्रेरित गर्नुभयो, साथसाथै यात्राको क्रममा वा गन्तव्य आसपासमा, अन्य यात्रीहरू, संक्रमित व्यक्तिको अवशेष आदिबाट संक्रमण हुने जोखिम पनि बढाउनुभयो । तेस्रो तपाईं लगायत तपाईंको वरिपरिका छरछिमेकमा, आफन्तजनमा पनि संक्रमणको जोखिम बढ्ने सम्भावना भयो । र्चौंथो र महत्वपूर्ण कुरा त के भने तपाईं लगायत तपाईंको समुह र हर्कतले समाजमा पनि नकारात्मक असर छोड्न सक्ने कुराको जोखिम बढ्नसक्छ । फलस्वरूप एक पछि अर्को गर्दै समाजमा एक पछि अर्को ब्यक्ति र ब्यक्तिहरु को समुहले अनुसरण गर्न सक्छन् । कतिले त गरिसकेको पनि होलान् वा गर्ने तयारी मा होलान् । त्यति मात्र होइन स–साना बाबुनानिहरू भविष्यमा यस्ता खालका असहज परिस्थितिमा यसरी नै घर बाट निस्किएर अगाडि बढ्न सक्छन्, जुन सरासर गलत सिकाई हो, परम्परा हो ।
अतः कोरोना (कोभिड–१९) को असर रहुन्जेल, मुलुकमा पहिले जस्तै स्वस्थ र सुरक्षित वातावरण नहुन्जेल यस्ता खालका जमघट र गतिविधिहरू नगर्नुहुन र नगराउनु हुनको विकल्प छैन । स्वस्थ र सुरक्षित रह्यौ भने मुकुन्दसेन दरबार अवलोकन फेरि गरौला, पटक–पटक गरौला, संगै गरौंला । सिंगो समुदाय मिलेर गरौंला र अरुलाई पनि अवलोकनको लागि प्रेरित गरौंला र संगसंगै यसको संरक्षण, संवर्धन र प्रवद्र्धनमा एक साथ मिलेर अगाडि बढौंला ।
अहिले को लागि कृपया घरमै बसौं । स्वस्थ र सुरक्षित रहौं ।
लकडाउनको पुर्णतया पालना गरि सभ्य र सजग नागरिकको जिम्मेवारी मन, बचन र कर्मले पुरा गरौं ।

Share.

Leave A Reply