झापाका १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

0

८ जेठ । आज विहानै नेपालमा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान दिएको जानकारी अनुसार झापाका १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

उनीहरु सवै पुरुष रहेका छन् । मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तीमा झापा जिल्ला कचनकवल गाउँपालिका वडानम्वर ३,६,८ का १८ देखि ४६ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै धनकुटाका ३४ वर्षीय पुरुष, सुनसरी धरान उप महानगरपालिका वस्ने ५१ वर्षीय महिलामा कोरोना देखिएको छ । यो सँगै नेपालमा संक्रमितको सख्या ४४४ पुगेको छ । हिजो मात्रै ८ जना भने निको भएर घर फर्किएका छन् । यस सँगै नेपालमा निको भई घर फर्कनेको सख्या ४५ पुगेको छ । अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ ।

Share.

Leave A Reply