गलत हिसाब बुझाएपछि विज्ञप्ती निकालेर सच्यायो कावासोती नगरपालिकाले

0

डोलराज रानाभाट, ७ जेठ । नवलपुर जिल्लाको कावासोती नगरपालिकाले कोरोनाको नाउँमा गलत हिसाब वुझाएको खुलासा भएको छ । जिल्ला समन्वय समितिले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि स्थापना भएका क्वारेनटाइन निर्माण व्यवस्थापन र राहत वितरणको लागि गत बैशाख मसान्त सम्म भएका यथार्थ खर्च विवरण वुझाउन पत्र पठाएपनि नगरपालिकाले हिसाव नै गलत वुझाएको खुलेको हो ।

गलत हिसाव वुझाएछि नगरपालिकाले आज एक विज्ञप्ति जारी गरेर सच्याएको छ । तर जिल्ला समन्वय समितिले भने उक्त विवरण मन्त्रालयमा पठाइसकेको बतायो । सुरुमा नगरपालिकाले जिल्ला समन्वय समितिमा पठाएको खर्च विवरण अनुसार क्वारेनटाइन निर्माण तथा संचालनमा १२ लाख ३९ हजार ४ सय ८० रुपैया खर्च भएको विवरण पठाएको थियो जसमा क्वारेनटाइन निर्माणमा ५ लाख, १०० वेडको क्वारेनटाइन व्यवस्थापनमा ७ लाख र १७ जनालाई औषधि तथा खानामा ३९ हजार ४ सय ८० रुपैया खर्च भएको विवरण पेश गरेको थियो ।

त्यसपछि राहत वितरण खर्च तथा कोष व्यवस्थापनमा नगरपालिकाले ३ हजार ७ सय ० परिवार सख्याका १४ हजार ८ सय ३६ जनसख्या लाभान्वित भएको भन्दै त्यसका लागि ३४ लाख ८९हजार ६ सय रुपैया खर्च भएको विवरण पेश गरिएको छ । राहतका लागि नगरपालिकाको कोषमा ७८ लाख ६३ हजार ६ सय २५ रुपैया ६० पैसा जम्मा भएको छ ।

विजय एफएमको अनलाईन विजयएफम डट ओरजी डट एनपीमा खर्च सम्वन्धि समाचार प्रकाशित भएपछि अन्य संचारमाध्यमले पनि चासो राखेर खोजी गर्दा नगरपालिकाले गलत हिसाव वुझाएको भेटिएको थियो । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले जेठ ६ गते कोषमा जम्मा भएको रकमबाट खर्च भएको विवरण सार्वजनिक गर्नुभएको थियो । तर त्यसरी सार्वजनिक गरिएको हिसाबमा अहिलेसम्म ४२ लाख ९४ हजार ८ सय ६३ रुपैया मात्रै खर्च भएको छ ।

यसरी समन्वय समितिमा पठाएको हिसाव विवरण र आफैले सार्वजनिक गरेको हिसाव विवरण मेल नखाएपछि पुन अर्को प्रेस विज्ञप्ती जारी गर्दै खर्च ४२ लाख ९४ हजार ८ सय ६३ मात्रै भएको र क्वारेनटाइन निर्माण तथा व्यवस्थापन तर्फको भने अनुमानित हिसाव देखाएको प्रष्ट पारिएको छ । जेठ ७ गते आज उनै प्रमुख प्रशासकीय अधिकृतले हसताक्षर गरी जारी गरिएको विज्ञप्तीमा शब्द अनुमानति थप्नुपर्नेमा त्यसो नभएकोमा सच्याइएको जनाइएको छ । तर जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले भने अनुमानित नभई वास्तविक खर्च पेश गर्न आफूहरुले पत्राचार गरेको र सोही अनुसारकै विवरण आएर मन्त्रालय पठाएको बताउनुभयो ।

क्रमैसँग हेर्नुहोस् हिसाव विवरण 

Share.

Leave A Reply