साँझ पख थप ७ जनामा कोरोना संक्रमण, एकै दिन ३२ सहित संक्रमितको संख्या ४३४

0

७ जेठ । साँझ पख थप ७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा आज एकै दिन ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यस सँगै कोरोना संक्रमितको कुल सख्या ४३४ पुगेको छ । पछिल्लो सात जनामध्ये झापामा ५, धरानका १ र धनकुटाका १ जनामा कोरोना देखिएको हो । उनीहरुको प्रदेश १ को प्रयोगशाला र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालमा परीक्षण गरिएको थियो । यसअघि आजै गरिएको पत्रकार सम्मेलनमा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । नवलपरासी पश्चिममा एक जना, बाँके, धनकुटा र कपिलवस्तुमा गरि थप २५ जनामा कोरोना संक्रमण देखिएको थियो । आज नै विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् यो सँगै घर फर्किनेको सख्या ४५ पुगेको छ ।

Share.

Leave A Reply