देवचुली अपडेट : संक्रमित युवतीको आमा र बहिनीको आरडिटी नेगेटिभ, १२ जनाको स्वाब परिक्षण हुँदै

0


जेठ ७, देवचुली । नवलपरासी (वर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका २ मा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका २ जनाको आरडीटी परीक्षण नेगेटिभ आएको छ । पहिलो चरणमा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका आमा र बहिनीको आरडीटी परिक्षण गर्दा नतिजा नेगेटिभ आएको देवचुली नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
१० दिनसम्म माईतीमा रहँदा आमा र बहिनीसँग पटक पटक प्रत्यक्ष सम्पर्कमा रहेको र घरायसी काममा तथा सुत्ने ठाउँ समेत आमा र बहिनीसँगको नजिक भएकाले शुरुमा छिटो नतिजा प्राप्त हुने बिधि आरडीटी गरिएको हो ।
आरडीटी नेगेटिभ रहेपनि आमा र बहिनी सहित परिवारका ८ जनाकै र अन्य संभावित नजिकका छिमेकी ४ जना गरी १२ जनाको पिसीआर मार्फत स्वाव परीक्षणका लागी घाँटीको नमूना संकलन गरी परिक्षणका लागी कोरोना परीक्षण प्रयोगशाला भरतपुर पठाईएको उहाँले जानकारी दिनुभयो ।


नवलपरासी (वर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिकाका ५ वटा वडा ५ दिनका लागि शिल गरिएको छ ।
यहि ७ गतेदेखी ११ गते सम्म लागु हुनेगरि ५ दिनका लागि देवचुली नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडालाई शिल गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । यी वडा भित्रका पूर्व पश्चिम राजमार्ग वाहेकका क्षेत्रमा मानिसहरुको आवत जावत लगायतका गतिविधी पूर्ण रुपमा रोक लगाईएको उहाँले बताउनुभयो । यदि कसैले उक्त आदेशको वर्खिलाप गरे गराईएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही हुने पनि सुचना प्रकाशन गरि प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यहि ६ मा जारी विज्ञप्ती अनुसार काठमाडौंमा परिक्षण गर्दा संक्रमित पुष्टि भएकी २४ वर्षिया महिलाको माईति देवचुली नगरपालिका वडा नम्बर २ मा रहेको र उहाँ गत बैशाख १९ गतेदेखी माईति घर देवचुली नगरपालिका वडा नम्बर २ मा आई २९ गतेसम्म सोही ठाउँमा रहेको उल्लेख गरिएको छ । साथै १० दिनको उक्त अवधिमा उहाँको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि पहिचान गरि उनिहरुको समेत आरडिटी र स्वाब संकलन गरि परिक्षण गर्ने गराउने कार्य पनि शुरु भईसकेको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply