देवचुलीका ५ वटा वडा ५ दिनका लागि शिल, चौधरी उद्योग पनि शिल गरियो, घर बाहिर ननिस्कन देवचुली नगरपालिकाले आग्रह  

0


प्रेम क्षेत्री
जेठ ७, देवचुली । नवलपरासी (वर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिकाका ५ वटा वडा ५ दिनका लागि शिल गरिएको छ । यहि ७ गतेदेखी ११ गते सम्म लागु हुनेगरि ५ दिनका लागि देवचुली नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडालाई शिल गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । यी वडा भित्रका पूर्व पश्चिम राजमार्ग वाहेकका क्षेत्रमा मानिसहरुको आवत जावत लगायतका गतिविधी पूर्ण रुपमा रोक लगाईएको उहाँले बताउनुभयो । यदि कसैले उक्त आदेशको वर्खिलाप गरे गराईएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही हुने पनि सुचना प्रकाशन गरि प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यहि ६ मा जारी विज्ञप्ती अनुसार काठमाडौंमा परिक्षण गर्दा संक्रमित पुष्टि भएकी २४ वर्षिया महिलाको माईति देवचुली नगरपालिका वडा नम्बर २ मा रहेको र उहाँ गत बैशाख १९ गतेदेखी माईति घर देवचुली नगरपालिका वडा नम्बर २ मा आई २९ गतेसम्म सोही ठाउँमा रहेको उल्लेख गरिएको छ । साथै १० दिनको उक्त अवधिमा उहाँको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पहिचान गरि उनिहरुको समेत आरडिटी र स्वाब संकलन गरि परिक्षण गर्ने गराउने कार्य पनि शुरु भईसकेको उहाँले जानकारी दिनुभयो ।


कोरोना संक्रमित महिला माइती गाउँ बसेको सोही ठाउँ नजिक रहेको चौधरी उद्योग पनि पाँच दिनको लागि शिल गरिएको छ । चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलीले बुधबार एक विज्ञप्ति जारी गर्दै उद्योग पाँच दिन शिल गर्न निर्देशन भए बमोजिम शिल गरिएको सुचना प्रकाशन गरि जानकारी दिनुभयो ।
सुचनामा छिमेकमा कोरोना भाईरस पोजेटिप पाईएकाले कम्पनी परिषर भित्रबाट कोही कसैलाई पनि आवत जावत गर्न बन्द गरिएको जनाइएको छ ।
केहीदिन अघि सम्म उद्योगमा ६ सय वढि कर्मचारी कामका लागि पुगेका थिए । गेट नजिकमा रहेका व्यक्तिमा कोरोना संक्रमणको खबरले मजदुर कर्मचारीहरु समेत त्रासमा छन् ।


घर बाहिर ननिस्कन र सुरक्षित रहन सम्पुर्ण नगरबासीमा देवचुली नगरपालिकाले आग्रह गरेको छ । अहिले ती वडाहरुमा प्रहरीको गस्ति बढाईएको छ । प्रहरीले माईकिङ गरेर घरभित्रै बस्न आग्रह गरेको छ ।

Share.

Leave A Reply