कोरोना संक्रमित युवती नवलपुरको देवचुली माइतमा १० दिन वसेकी थिइन

0

७ जेठ । स्थायी घर रुपेन्देही जिल्ला कोटिहवा भई अहिले काठमाण्डौको छाउनी अस्पतालमा उपचाररत २४ वर्षीय युवती नवलपुरको देवचुली २ को माइतमा १० दिन वस्नुभएको थियो ।

गत वैशाख १९ गते माइत आई वैशाख २९ गते श्रीमान् सँग मोटरसाइकबाट काठमाण्डौ जानुभएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुले जनाएको छ । उहाँको जेठ ५ गते स्वाव संकलन गर्दा जेठ ६ गते कोरोना पोजेटिभ देखिएको थियो ।

अहिले देवचुली नगरपालिका २ मा रहेका माइती सहित उहाँको सम्पर्कमा रहेकाहरुको पहिचान गर्दै परीक्षण गर्न मध्यविन्दु जिल्ला अस्पताल सुरक्षाकर्मी नगरपालिकाको टोली त्यहाँ रहेको जनाइएको छ ।

Share.

Leave A Reply