नवलपुरको देवचुली २ माइत रहेको युवतीमा कोरोना पुष्टी, माइतमा निगरानी वढाइयो

0

डोलराज रानाभाट,७ जेठ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले हिजो २७ जनामा कोरोना देखिएको बताउँदा नवलपरासीका एक जना भनी विवरण दिएको थियो ।

तर सरोकारवालहरु केही समय अन्यौलमा रहे कारण थियो यहाँबाट पठाएका स्वावको नतिजा थिएन । पछि काठमाण्डौ फोन गरेपछि जिल्ला स्वास्थय कार्यालय नवलपुरका प्रमुखले त्यसको विवरण पत्ता लगाउनुभयो । उक्त नवलपरासीको एक जनामा कोरोना देखिएको भनिएपनि ती महिलाको स्थाई घर रुपेन्देही जिल्लाको कोटीहवा रहेको र अहिले काठमाण्ठौ स्थिती छाउनी अस्पतालमा उपचार गराइ रहनु भएको छ ।

जिल्ला स्वास्थय कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार स्वाव दिँदाको समय उहाँले आफ्नो माइतीघर नलपुरको देवचुली २ रहेको र स्वाव लिँदा यहीको ठेगाना दिएको पाइएको छ । अहिले उहाँको माइती देवचुली २ मा स्वास्थ्य कर्मी सहितको टोली परिचालन भइसकेको चापागाईले बताउनुभयो ।

हिजो सम्म नेपालमा कोरोना सक्रमितको सख्या ४०२ पुगेको छ भने जसमा पुरुष ३४० जना रहेका छन् भने महिला ६२ जना रहेका छन् । हालसम्म निको भएर घर फर्किएकाको सङ्ख्या ३७ रहेको छ । २ जनाको मृत्यु भएको छ । ३६ जिल्लामा यसको संक्रमण देखिएको छ ।

Share.

Leave A Reply