नवलपुरका पत्रकारको कोरोना परिक्षण सुरु, पहिलो आरडिटीको रिपोर्ट नेगटिभ

0

७ जेठ, गैडाकोट । नवलपुर जिल्लामा क्रियाशिल पत्रकारहरुको कोरोना परिक्षण सुरु भएको छ । नेपाल पत्रकार महासंघ नवलपुरको सक्रियतामा स्थानीय सरकारहरुले फिल्डमा खटिएर रिपोर्टिङ गर्ने पत्रकारहरुको कोरोना भाइरसको संक्रमण रहे नरहेको परीक्षण गर्ने व्यवस्था मिलाएको हो । मंगलबार मात्रै महासंघ अध्यक्ष होमराज रानाभाटले एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दे फिल्डमा खट्ने पत्रकारहरुको कोरोना परिक्षण हुने जानकारी दिनुभएको थियो ।

महासंघका अध्यक्ष रानाभाटले जनतालाई सूचना संप्रेषण गर्ने अग्रमोर्चामा रहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षालाइ ध्यानमा राखेर कोरोना परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । परीक्षण गरिएको पहिलो आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । गैडाकोट नगरपालिकाको स्वास्थ्य चौकीमा रहेको प्रयोगशालामा गरिएको विजय एफएममा कार्यरत एक पत्रकारको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । समाचार कक्षमा काम गर्ने पत्रकारको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

सुरुमा आरडिटी परीक्षण गरिने र त्यसमा समस्या आएमात्रै पीसीआर परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । नगरप्रमुख छत्रराज पौडेलले पनि महामारीको वीचमा पनि सत्य तथ्य सुचना दिन जनतासँग नजिक हुने पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर परीक्षणको व्यवस्था मिलाइएको बताउनुभो । पत्रकार महासंघले चरणबद्ध रुपमा कोरोना परिक्षण हुने जानकारी गराउँदै जिल्ला भित्रको पासको ब्यबस्था पनि गरिने रानाभाटले बताउनुभयो ।

Share.

Leave A Reply