कोरोना अपडेट : नवलपरासीमा थप १ जना, संक्रमित सङ्ख्या ४०२ (पुरा विवरण)

0


प्रेम क्षेत्री
जेठ ६ । नवलपरासीका थप १ जना सहित आज मात्रै थप २७ जनामा कोरोना संक्रमण देखिएको छ । २७ मध्ये नवलपरासीका १ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत आज सो जानकारी दिनुभएको हो ।
यो सँगैं नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमण हुनेको सङ्ख्या ४०२ रहेको छ ।
पुरुष ३४० जना रहेका छन् भने महिला ६२ जना रहेका छन् । हालसम्म निको भएर घर फर्किएकाको सङ्ख्या ३७ रहेको छ । २ जनाको मृत्यु भएको छ ।
३६ जिल्लामा यसको संक्रमण देखिएको छ ।
प्रदेश नम्बर १ मा ५४ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश नम्बर २ मा १ सय ३६ जनामा यसको संक्रमण देखिएको छ । बागमती प्रदेशमा १ जनाको मृत्यु सहित २७ जना संक्रमित छन् । त्यसैगरी गण्डकी प्रदेशमा ४ जना संक्रमित छन् । प्रदेश नम्बर ५ मा १ जनाको मृत्यु सहित १ सय ७६ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ५ जनामा संक्रमित रहेका छन् ।
अस्पतालामा १९ दिन औषत बसाईपछि निको भएको पाईएको छ । त्यस्तै अबदेखी तोकिएका अस्पतालहरुमा शःशुल्क रुपमा तोकिएको दर रेटमा कोरोना परिक्षण गर्न सक्ने गरि व्यवस्था मिलाईएको र सो सम्बन्धी नीति पारित गरिएको पनि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply