कोरोनाको नाउँमा नवलपुरका ८ स्थानीय तहमा ३ करोड वढि खर्च,राहतमा देवचुलीको र क्वारेनटाइनमा गैडाकोटको धेरै खर्च

0

डोलराज रानाभाट, ६ जेठ, गैडाकोट । नवलपरासी पूर्वमा कोरोनाको नाउँमा ३ करोड २ लाख ५५ हजार २ सय २४ रुपैया खर्च भएको छ । यो वैशाख मसान्त सम्मको आठ स्थानीय तहको कुल खर्च हो । जिल्ला समन्वय समितिले उपलब्ध गराएको जिल्लाका आठ स्थानीय तहको खर्च विवरण अनुसार क्वारेनटाइनको निर्माण तथा संचालनमा ६६ लाख ९१ हजार ७ सय ६ रुपैया र राहत वितरणमा २ करोड ३५ लाख ६३ हजार ५ सय १८ रुपैया खर्च भएको छ ।

क्वारेनटाइन निर्माणमा मात्रै १३ लाख ७४ हजार ७ सय १० रुपैया सकिएको छ । क्वारेनटाइनमा वेड लगायतका व्यवस्थापनमा २९ लाख ६४ हजार ४ सय ६५, क्वारेनटाइनमा रहेकाहरुको खाना तथा औषधि वापत २३ लाख ५२ हजार ५ सय ३१ रुपैया खर्च गरिएको छ । क्वारेनटाइन निर्माण तथा संचालनमा जिल्लाका आठ स्थानीय तह मध्ये सवैभन्दा धेरै गैडाकोट नगरपालिकाले १६ लाख खर्च गरेको छ । जसमा ५ लाख क्वारेनटाइन निर्माणमै सकिएको छ ।

त्यसमा वेड लगायतको व्यवस्थापनमा १० लाख र औषधि तथा खानामा १ लाख खर्च गरेको छ । त्यसपछि कावासोती नगरपालिकाले १२ लाख ३९ हजार ४८० रुपैया खर्च गरेको छ जसमा क्वारेनटाइन निर्माणमा ५ लाख, १०० वेड स्थापना गर्दा ७ लाख रुपैया र क्वारेनटाइनमा रहेका १७ जनाको औषधि तथा खाना वापतको ३९ हजार ४ सय ८० रुपैया खर्च गरेको छ । देवुचली नगरपालिकाले ८ लाख २१ हजार २ सय ४४ रुपैया खर्च गरेको छ । जसमा क्वारेनटाइन निर्माण खर्च शुन्य छ भने वेड व्यवस्थापनमा ४२ हजार, क्वारेनटाइनमा रहेकाहरुलाई औषधि खाना वापत ७ लाख ७९ हजार २ सय ४४ रुपैया खर्च गरेको छ । मध्यविन्दु नगरपालिकाले ११ लाख १ हजार ४४ रुपैया खर्च गरेको छ जसमा क्वारेनटाइन निर्माणमा २ लाख २४ हजार ७ सय १०, वेड लगायत व्यवस्थापनमा ५ लाख ५१ हजार ५९ र औषधि तथा खानामा ३ लाख २५ हजार २ सय ७५ खर्च भएको छ ।

त्यस्तै क्वारेनटाइन निर्माणमा मात्रै खर्च शुन्य हुने अन्य स्थानीय तहमा हुप्सेकोट गाउँपालिका,बुलिङ्टार गाउँपालिका, बौदिकाली गाउँपालिका रहेका छन् । विनय त्रिवेणी गाउँपालिकाले भने ९ लाख २० हजार खर्च गरेको मध्ये क्वारेनटाइन निर्माणमा १ लाख ५० हजार, वेड लगायत व्यवस्थापनमा ५ लाख ५० हजार र खाना तथा औषधिमा २ लाख २० हजार खर्च गरेको छ । हुप्सेकोट गाउँपालिकाले भने ६ लाख ३४ हजार ९ सय ३८ खर्च गरेको मध्ये क्वारेनटाइन निर्माणमा शुन्य, वेड व्यवथापनमा १ लाख २१ हजार ४ सय ६ र औषधि तथा खानामा ५ लाख १३ हजार ५ सय ३२ रुपैया खर्च गरेको छ । बुलिङटार र बौदिकाली गाउँपालिकाले क्वारेनटाइनमा रहेकालाई खाना औषधिमा मात्रै क्रमश २ लाख २५ हजार र १ लाख ५० हजार खर्च गरेका छन् ।

लकडाउनका कारण समस्यामा परेका जिल्लाभरका १९ हजार ५ सय २७ घरधुरीका ८१ हजार २ सय ७७ जनसख्यालाई २ करोड ३५ लाख ६३ हजार ५ सय १८ रुपैयाको राहत वितरण गरिएको छ । राहत वितरण खर्च गर्नेमा देवचुली नगरपालिकाले सवैभन्दा धेरै २७१५ घरधुरीका १० हजार ९ सय ८२ जनालाई ४६ लाख ६० हजार ५ सय खर्च गरेको छ । राहतका लागि व्यवस्थापन गरेको कोषमा यस नगरपालिकाको ५५ लाख रुपैया जम्मा भएको थियो ।

त्यसपछि गैडाकोट नगरपालिकाले ४२७७ घरधुरीका २२ हजार ५ सय जनसख्याको लागि ४० लाख खर्च गरेको छ । जसको कोषमा १० लाख गण्डकी सरकारबाट र अन्य आन्तरिक व्यवस्थापन गरिएको छ । मध्यविन्दु नगरपालिकाले २८५४ घरधुरीका १० हजार ७५८ परिवारको लागि ३५ लाख २२ हजार ७ सय ६० रुपैयाको राहत वितरण गरेका छ जसको कोषमा ७५ लाख २८ हजार ४ सय ९९ रुपैया जम्मा भएको थियो । कावासोती नगरपालिकाले ३७०९ घरधुरीका १४ हजार ८३३ जनसख्यालाई ३४ लाख ८९ हजार ६ सय रुपैयाको राहत वितरण गरेको छ ।

जसमा कोषमा ७८ लाख ६३ हजार ६ सय २५ रुपैया ६० पैसा जम्मा भएको थियो । गाउँपालिकामा सवैभन्दा वढि बिनय त्रिवेणी गाउँपालिकाले २७५२ घरधुरीका ९ हजार ६ सय ३२ जनसख्यालाई ३८ लाख ४० हजार ९०९ रुपैयाको राहत वितरण गरेको छ जसको कोषमा ५६ लाख ४३ हजार ९ सय ६७ जम्मा भएको थियो ।

समन्वय समिति प्रमुख चेसराम आलेका अनुसार यी सवै खर्च विवरण २०७७ वैशाख मसान्त सम्मको रहेको र यी सवै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको जानकारी दिनुभयो ।

खर्च विवरण तल हेर्नुहोला ।

जेठ ५ गतेसम्म सवै स्थानीय तहमा भएका क्वारेनटाइन वेडको विवरण सहित

Share.

Leave A Reply