गैंडाकोटका दुग्ध उत्पादक किसानलाई ठुलो क्षति

0


प्रेम क्षेत्री,
जेठ ६, गैंडाकोट । कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण गैंडाकोट क्षेत्रका दुग्ध उत्पादक किसानले ठुलो क्षति व्यहोर्नु परेको छ ।

दुग्ध संकलक केन्द्र तथा डेरीहरुले दुध संकलन कार्य बन्द गरेपछि किसानले उत्पादन गरेको दुध खेर गएको छ । दुध संकलन गर्दै आएको गैंडाकोट ११ मा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले जेठ ३ गतेदेखि दुध संकलन कार्य बन्द गरेको छ । यसको प्रत्यक्ष मारमा मुकुन्दपुर, हर्कपुर क्षेत्रका किसान परेका छन् । जसले गर्दा किसानको दैनिक साढे ८ हजार लिटर दूध खेर गईरहेको छ ।

कहिले खुल्ने कहिले बन्द हुने हुँदा पनि किसानलाई अझ मर्का परेको मुकुन्दसेन दूग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक रमाकान्त घिमिरेले बताउनुभयो । लकडाउन अवधिको करिब ३ महिनाको अवधिमा पटक पटक गरि १० दिन भन्दा बढि भएको उहाँको भनाई छ ।

जसका कारण सरदर दैनिक साढे ६ लाख मुल्य बराबरको दुध खेर गइरहेको उहाँले बताउनुभयो । आफ्नो डेरीबाट अन्य ठूला डेरिहरुले दूध खरिद नगरी दिएपछि आफुहरुले पनि दुध संकलन कार्य बन्द गरेको उहाँको भनाइ छ । किसानको दुध खेर जान नदिन सहिजकरण भईरहेको र दुध संकलनको तयारी भईरहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

मुकुन्दपुर क्षेत्रको दुध व्यवस्थित गर्दै कृषकहरुलाई आर्थिक रुपमा सबल बनाउने कार्यमा लकडाउनले ठेस पुगेको उहाँले बताउनुभयो । संस्थाले ४ वटा संकलन केन्द्रमार्फत दुध संकलन गर्दै आएको थियो ।

चोकर र चापट सहज रुपमा पाउन नसकिएको र मुल्य पनि अत्याधिक वढेको उहाँले जानकारी दिनुभयो । चोकर ४० केजीको १७ सय ८० रुपैयाँ सम्म पर्ने गरेको छ । केही समय अघि १९०० रुपैयाँ पर्ने गरेको थियो । अहिले यो मुल्य भए कम भएपनि अन्य समयको तुलनामा वढि हो । दाना चोकरको यो सिजन हो । गत वर्षहरुमा यहि समयमा करिब १२ देखी १३ सय रुपैयाँ सम्म पर्ने गथ्र्यो ।

संस्थाको मातहातमा ४० वटा व्यवसायिक पशुपालन फर्म दर्ता अवस्थामा रहेका छन् । यहाँका ६५० जना कृषक दुग्ध व्यवसायमा संलग्न छन् । सो दुध स्थानीय बजारमा करिब ५ सय लिटर र अन्य काठमाडौं र पोखराका ६ वटा डेरीले उठाउँदै आएका थिए ।

यहाँका एकैजना किसानले दैनिक ३०० लिटरभन्दा वढि दुध संकलन गर्ने गरेका थिए ।

Share.

Leave A Reply