डा शर्मा क्यान्सर अस्पताल भरतपुरको उप निर्देशकमा नियुक्त

0

६ जेठ । चितवनको भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको उप निर्देशकमा डा. कृष्णसागर शर्मा नियुक्त हुनुभएको छ । मन्त्रीपरिषद्को निर्णय अनुसार उहाँलाई अस्पतालको उप–कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरिएको हो । कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका डा शर्मा लामो समयदेखि वाल क्यान्सर रोग विशेषज्ञको रुपमा सेवा दिँदै आइरहनु भएको छ । उहाँ अस्पतालमा मेडिकल अन्कोलोजी विभागका विभागिय प्रमुख कन्सल्टेन्ड हुनुहुन्छ ।
कार्यरत शर्मालाई हिजो नै अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले स्वागत गरिसक्नुभएको छ । नेकपा निकट अखिल नेपाल प्रगतीशिल स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष समेत रहनु भएका शर्मा १७ बर्षदेखि अस्पतालमा कार्यरत हुनुहुन्छ । पदभारसंगै डा शर्माले अस्पताललाई अझ पारदर्शी बनाइ अनियमितता तथा भ्रष्टाचार रोक्न कडा नीति अवलम्बलन गर्ने र सबैको पहुँच र सर्वसुलभ बनाउन, गरीब जनताहरुको लागि सधैं समर्पित भएर अगाडि बढ्ने बताउनुभयो ।

Share.

Leave A Reply