यो हो मन्त्रिपरिषदले पारित गरेको आधिकारिक नेपालको नक्सा, थपियो ३१० वर्ग किलोमिटर क्षेत्रफल

0

source: From ekantipur

डोलराज रानाभाट,६ जेठ, गैडाकोट । नेपाल सरकारको सोमवार वसेको मन्त्रिपरिषदले पारित गरेको आधिकारिक नक्सा सार्वजनिक भएको छ । यो नै आधिकारिक नक्सा भएको सीमाविद वुद्धिनारायण श्रेष्ठले पनि बताउनुभयो ।

नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेकोमा ३७२ किलोमिटर लिम्पियाधुरा कालापानी लिपुलेक सहितको अतिक्रमण गरेपनि ६२ किलोमिटर भने नेपालले पहिल्यै नै समावेश गरेर नक्सा सार्वजनिक गरेको र अहिले थपिएको ३१० वर्ग किलोमिटर भएको उहाँले प्रष्ट पार्नुभएको छ । ”अव ३१० वर्ग किलोमिटर थपिनु  पर्छ, ” उहाँले भन्नुभयो ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले अव कुटनीतिक पहलबाट भूमि फिर्ताको पनि प्रयास तत्काल थाल्नुपर्ने सुझाव दिनुभएको छ । भारतले गत नोभेम्वरमा सार्वजनिक गरेको नक्सालाई यो काउण्टर नक्सा भएको भन्दै अव दरिलो भई कुटनीकि पहल थाल्न उहाँको सुझाव छ । आजको सवाल केही वेरमा फेसवुक पेजमा आउदैछ ।

Share.

Leave A Reply