गैंडाकोट पम्पिङ स्किम खानेपानी संस्थाको काउन्टर सेवा बन्द

0

प्रेम क्षेत्री, ५ जेठ । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हाललाई काउन्टर सेवा बन्द गरेको छ । कोरोनाको जोखीम कम गर्न सरकारले गरेको लकडाउनबाट उपभोक्तालाई महशुल तिर्न आउन जान समस्या समेत परेका कारण हाललाई काउन्टर सेवा बन्द गरिएको संस्थाका अध्यक्ष शोभाखर रिमालले जानकारी दिनुभयो । अर्को सुचना जारी नहुन्जेलसम्म उपभोक्तालाई अन्य माध्यम आईएमई पे, ई सेवा बाट शुल्क तिर्न उहाँले आग्रह गर्नुभयो । साथै उहाँले विलम्ब भएमा कुनै जरिवाना समेत नलाग्ने बताउनुभयो । फागुनदेखी चैत्र महिनासम्मको कुनै जरिवाना नलाग्ने बताउनुभयो । साथै उहाँले सुरक्षित रुपमा रहन सम्पूर्णमा आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply