सामाजिक दुरी कायम नभएपछि गैडाकोटको विद्युत काउण्टर वन्द, अनलाईनबाट पे गर्न आग्रह

0

अनलाईन पे गर्ने तरिका माथिको तस्विरमा हेर्नुहोस्

डोलराज रानाभाट,५ जेठ । नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशाखाले आफ्नो विद्युत महसुल काउण्टर वन्द गरेको छ । गैडाकोटमा शिक्षित व्यक्तिहरुको वसोवास वाक्लो भएकाले सामाजिक दुरी कायम गरी महसुल काउण्टमा आउनुहुन्छ होला भन्ने अपेक्षा कार्यालयले गरेपनि ग्राहकहरुले सामाजिक दुरी कायम नगरिदिएपछि काउण्टर वन्द गर्न वाध्य भएको प्रशाखा प्रमुख सुजन रिजालले विजय एफएमलाई जानकारी दिनुभयो ।

काउण्टरमा महसुल तिर्न जाने ग्राहकलाई टोकन दिएर आआफ्ना पालोमा मात्रै काउण्टर प्रवेश गर्ने र सामाजिक दुरी कायम गर्न पटक पटक आग्रह गर्दापनि भीड वढ्ने अटेर गरेपछि वाध्य भएर वन्द गर्नुपरेको उहाँले बताउनुभयो । शाखा प्रमुख रिजालले भन्नुभयो, सामाजिक दुरी कायम गरिदिनुहोस भन्दा झगडा नै भयो त्यसैले तत्कालका लागि वन्द गरेका छौँ । तर प्रशाखाले अनलाईनबाट महसुल भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

पटक पटक अनलाईनबाट भुक्तानी गर्न आग्रह गर्दापनि शिक्षित व्यक्तिहरु पनि काउण्टर नै आउन थालेको कार्यालयले गुनासो गरेको छ । इसेवा लगायतका अनलाइनबाट सहजै भुक्तानी गर्न सकिने भएपनि ग्राहकहरुले यसको प्रयोग कम गरेको पाइएको छ ।

कोभिड १९ को सक्रमितहरुमा वृद्धि र मृत्यु पनि हुन थालेपछि अनलाईन बाट भुक्तानी गर्न जोड दिइएको रिजालले बताउनुभयो ।

Share.

Leave A Reply