लिम्पियाधुरासहित नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित

0

५ जेठ । नेपाल सरकारले अहिले भारतले मिचेको भनिएको लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको हो ।

गत जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितको नक्सा जारी गर्ने बताउनुभएको थियो ।

आजको बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा मन्त्रीपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो । सुगौली सन्धि, तिरो तिरेका प्रमाण आदिले लिम्पियाधुरा नेपालमै पर्ने सरकारले जनाएको छ । गत नोभेम्वर २ मा भारतले आफ्नो नयाँ नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले आपत्ति जनाउँदै आइरहेको छ ।

Share.

Leave A Reply