नेपालमा कोरोना भाइरस (कोभिड-१९) (विस्तृत विवरण सहित)

0

प्रेम क्षेत्री
जेठ ५ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमण हुनेको सङ्ख्या ३५७ रहेको छ ।
पुरुष २९८ जना रहेका छन् भने महिला ५९ जना रहेका छन् । हालसम्म निको भएर घर फर्किएकाको सङ्ख्या ३६ रहेको छ । २ जनाको मृत्यु भएको छ ।
३१ जिल्लामा यसको संक्रमण देखिएको छ ।
प्रदेश नम्बर १ मा ४० जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश नम्बर २ मा १ सय ३२ जनामा यसको संक्रमण देखिएको छ । बागमती प्रदेशमा १ जनाको मृत्यु सहित १८ जना संक्रमित छन् । त्यसैगरी गण्डकी प्रदेशमा ३ जना संक्रमित छन् । प्रदेश नम्बर ५ मा १ जनाको मृत्यु सहित १ सय ५९ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । र सुदुरपश्चिम प्रदेशमा ५ जनामा संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत आज सो जानकारी दिनुभएको हो ।

Share.

Leave A Reply